मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
घरमा अतिथीको आगमन हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग कालो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग पहेंलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
बोलीको विपरीत अर्थ लाग्न सक्छ । आफन्त संग मनमुटाव बढ्ला । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मध्य सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । परिवारसंग रमाइलो भेटघाट हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मान प्रतिष्ठामा बृद्धि होला । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । चुनौतीको सामना गर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । रमणीय र सुखद् यात्राको योग छ वित्तिय संस्थाबाट सहयोग पाईनेछ । साताको अन्त्यमा भने केहि कठिनाइको सामना गर्नुपर्ला साथै आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
पारिवारिक सद्भाव बढ्नेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । साताको अन्त्यमा समय प्रतिकुल भई मुद्धा मामिलापनि लाग्न सक्नेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । मध्य साताबाट हाँसखेल, मनोरञ्जन र भोजभतेरमा सहभागी हुनुपर्ला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आकस्मिक धन लाभपनि हुनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
टाढिएका मित्रसँग नजिकिने समय छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । मध्य सातामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । झैँ–झमेलाको अवस्था आउला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । अत: भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
धर्म, तथा समाजसेवामा मन लाग्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतः प्रेममा सफलता प्राप्तिको योग छ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । पारिवारसंग रमाइलो भेटघाट हुनेछ । साताको अन्त्यमा मनमा दुविधा उत्पन्न हुनेछ । चुनौतीको सामना गर्नुपर्ला । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीको लागि 977-9849559502)
