मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाइको नयाँ ठाउँको भ्रमणले आर्थिक लाभ हुन सक्छ । कसैबाट समर्थन पनि पाइएला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होस पुर्याउनु होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला । तर, सोचेको काम भने समयमा नै पुरा नहोला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ । जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । केही कारणले धनको पनि नाश होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसंग सानो मनमुटाव हुन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै होला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
व्यवसायिक क्षेत्र सफल रहने छ । आम्दानीमा कमी आउने छ । रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । तर, पढाइमा भने खासै मन नजाला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ ।
