मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धन मनग्य कमाउने अवसर मिल्नेछ । सोच्ने शक्ति बढ्ने छ । ब्यापारमा उन्नती पनि हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ने छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
खर्च बढ्ने, विबाद बढ्ने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मनमा हौसला बढ्नेछ । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
प्रयत्नले धन कमाउने अवसर मिल्ने छ । व्यापारमा गरेको लगानि सन्तोस प्रद रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वादविवाद, झै झगडामा पर्न सकिन्छ सावधान रहनु होला । नसोचेको ठाउँमा धनको नाश हुने दिन छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइ बहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो । जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
कृषि चौपायाबाट हानि पुग्न सक्छ । बन्द व्यापारमा घाटा देखिन्छ । रोगले पनि सताउन सक्छ ।
