शनि, असार १३, २०८३
Sat, June 27, 2026

हेर्दाहेर्दै छिन्नभिन्न भयो विप्लव समूह



हेर्दाहेर्दै छिन्नभिन्न भयो विप्लव समूह

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटव्युरो सदस्य मोहन कार्की ०७५ चैत १ मा ललितपुरको बालकुमारी र स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ८ जा चैत ८ मा काभ्रेबाट समातिए । गत वैशाख २५ मा पोलिटव्युरो सदस्य भरत बम विस्फोटक पदार्थसहित नेपालगञ्जबाट पक्राउ परे ।

गत असोज २९ को राति मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द (वीरगञ्ज) र राप्ती व्युरो इन्चार्ज सुवास बाठासहित २१ नेता दाङबाट समातिए । सरकारले ०७५ फागुन २८ मा गतिविधिमा प्रतिबन्ध लगाउँदै धमाधम पक्राउ गर्न थालेपछि चन्द समूहका अधिकांश नेता कार्यकर्ता भूमिगत छन् ।

प्रहरीको तथ्यांकअनुसार प्रतिबन्धको ८ महिनामा केन्द्रदेखि जिल्लास्तरीय पदाधिकारी तहका ७२ सहित एक हजर एक सय ५० नेता कार्यकर्ता समातिइसकेका छन् । अहिले विप्लव समूह छिन्नभिन्न अबस्थामा पुगेको छ। झण्डै ६ सय नेता कार्यकर्ताले पार्टी छाडेका छन् । सरकारले पक्राउ गर्न थालेपछि चन्द समूहका कतिपय नेता कार्यकर्ता अर्को राजनीतिक दलमा प्रवेश गरिरहेका छन् ।

© copyright 2026 and all right reserved to tokmakhabar.com | Site By : Love From Taplejung