शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

इरानी नेताले अमेरिकालाई दिए कडा चेतावनी



इरानी नेताले अमेरिकालाई दिए कडा चेतावनी

एजेन्सी । इरानले आफ्नो देशमा अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाले अशान्ति मच्चाउन खोजेको आरोप लगाएको छ । सरकारको समर्थमान राजधानी तेहरानमा निकालिएको र्‍यालीलाई सम्बोधन गर्दै एक नेताले गत हप्ता इन्धनको मूल्य वृद्धिपछि भएको आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् ।

उनले आन्दोलनका क्रममा भएको हिंसाको पनि बिरोध गरेका छन् । आफूहरुको धैयर्तालाई कमजोर ठाने अमेरिकामाथि आक्रमण गर्नेसमेत इरानले चेतावनी दिएको छ । तेहरानमा हजारौं प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै जनरल हासेन सलामीले अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाका कारण इरानमा अशान्ति मच्चिएको आरोप लगाए ।

उनले ती देशकै कारण सयौं सुरक्षाकर्मी मारिएकोसमेत टिप्पणी गरे । गत वर्षको मेमा तेहरान र वासिङ्टनबीच सम्बन्ध बिग्रिएसँगै अमेरिकाले इरानमाथि आणविक प्रतिवन्ध लगाएको थियो ।

© copyright 2026 and all right reserved to tokmakhabar.com | Site By : Love From Taplejung