शनि, असार १३, २०८३
Sat, June 27, 2026

पूर्व युवराज पारसले पर्समा आगो बाल्दै देखाए जादु



पूर्व युवराज पारसले पर्समा आगो बाल्दै देखाए जादु

काठमाडौं । पछिल्लो समय पूर्व युवराज पारस शाह विभिन्न हर्कतका कारण चर्चामा रहँदै आएका छन् । सोनिका रोकायासँगको हिचमिच होस् या अन्नपूर्ण बेसक्याम्प हुँदै मुक्तिनाथ मन्दिरको दर्शनले नै किन नहोस् उनले चर्चा सँगै आलोचना खेप्दै आएका छन् । हालै उनको एउटा अर्को भिडियो सार्वजनिक भएको छ । जहाँ उनले मुखमा चुरोट च्याप्दै पर्समा आगो बालेर जादु देखाएका छन् ।

उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो टिकटक मार्फत सार्वजनिक भएको हो । खासमा उनलाई कसैले जादु देखाउन आग्रह गरेपछि उनले पर्समा आगो बालेर निभाएका छन् । पारसले पर्समा बालेको आगो र निभाएको शैली हेर्दा कुनै जादुगरको भन्दा कम्ता छैन ।

परिवारबाट टाढिएका पारस विन्दास जीवनशैली बिताइरहेका छन् । प्रायः उनी घुमघाममा व्यस्त हुने गरेका छन् । केही दिन अघि मात्र पूर्व राजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा र बुहारी हिमानीका साथमा लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको थियो ।

https://youtu.be/KnhZVToATBI

© copyright 2026 and all right reserved to tokmakhabar.com | Site By : Love From Taplejung