शनि, असार १३, २०८३
Sat, June 27, 2026

मंसिर १५ गते आइतबारको राशिफल



मंसिर १५ गते आइतबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
काम बिग्रने डरले सताइरहनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मानसमेत प्राप्त हुने समय छ । सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । खर्च बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नु परेपनि प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काममा अवरोध आउन सक्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अप्रिय समाचारले मन खिन्न हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला ।

© copyright 2026 and all right reserved to tokmakhabar.com | Site By : Love From Taplejung