शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

दान गर्नाले यसरी चम्कन्छ तपाईको भाग्य



दान गर्नाले यसरी चम्कन्छ तपाईको भाग्य

काठमाडौं । अरुका लागि परोपकारी काम गर्नु नै दान गर्नु हो । दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ । शास्त्रमा दानको विशेष महत्वको व्याख्या गरिएको छ । यस पुष्य कर्मबाट समाजमा समान्ताको भाव झल्किने विश्वास गरिएको छ । गरुड पुराणका अनुसार अन्न, पानी, कपडा, आसन यी ४ बस्तुको दान वर्षमा एक दुई पटक गर्न जरुरी छ । यी ४ कुरा दान गर्दा लामो समयसम्म फल मिल्ने शास्त्रमा उल्लेख गरिएको छ ।

जो व्यक्तिले पत्नी, पुत्र एवम् परिवारलाई दुख बनाएर दान गर्छ भने त्यो व्यक्तिले पुण्य प्राप्त नगर्ने शास्त्रमा उल्लेख छ । दान सबैलाई प्रसन्न गरेर गर्न आवश्यक छ । सहयोगको आवश्यकता परेका व्यक्तिको घरमा गएर गरेको दान सबै भन्दा राम्रो मानिने गरिन्छ । सहयोगको आवश्यक परेका व्यक्तिलाई घरमै बोलाएर दिएको दानले मध्यम फल प्राप्त गर्ने शास्त्रमा उल्लेख छ । यदी कोही व्यक्तिले गाई दान गर्ने तथा ब्राहमणलाई विभिन्न बस्तु दान गर्छ भने त्यस्ता व्यक्तिलाई दान गर्न रोक्न हुँदैन ।

दान गर्न रोक्ने व्यक्ति पापको भागेदार बन्ने शास्त्रमा उल्लेख छ । तिल, कुश, जल र चामल यी बस्तु हातमा लिएर दिन आवश्यक छ । अन्यथा उक्त दान दैत्यको प्राप्त हुने विश्वास छ । दान दिने व्यक्ति पूर्व दिशा र लिने व्यक्ति उत्तर दिशामा हुन आवश्यक छ । यस्तो गर्दा दान दिने व्यक्तिको आयु बढ्ने तथा दान लिने व्यक्तिको आयु कम नहुने विश्वास गरिन्छ ।

© copyright 2026 and all right reserved to tokmakhabar.com | Site By : Love From Taplejung