शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

मंसिर १४ गते शनिबारको राशिफल



मंसिर १४ गते शनिबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्यमा समस्या हुन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । अन्न प्राप्तीको पनि योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । दिन सामान्य बित्ला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
जग्गा जमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कुनै लाभदायक समाचार सुन्न पाइएला । साथी भाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनको प्राप्ती होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सवारी साधन हाँक्दा सचेत हुनु होला । घरमा परपाहुना र अतिथिको आगमन हुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
बालबच्चाबाट पनि सुख सन्तोष प्राप्त हुनेछ । यात्राको समय छ । धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ ।

© copyright 2026 and all right reserved to tokmakhabar.com | Site By : Love From Taplejung