शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

सीताले किन सहनु पर्‍यो पति वियोग ? यस्तो छ कारण



सीताले किन सहनु पर्‍यो पति वियोग ? यस्तो छ कारण

काठमाडौं । एक दिन परम सुन्दरी माता सीता सखीहरुसँग उद्यानमा खेलिरहेकी थिइन् । त्यहाँ उनले निकै मनोरम शुक पक्षीका एक जोडि देखिन् । ती दुवै पंक्षी एक डालीमा बसेर यस प्रकार गफ गरिरहेका थिए, ‘पृथ्वीमा श्रीराम नामबाट प्रसिद्ध एक ठुला सुन्दर राजा हुनेछन् । उनको महारानी सीताको नामले विख्यात हुनेछिन् । श्रीराम धेरै बुद्धिमान् र बलवान् हुनेछन् । उनले समस्त राजाहरुलाई आफ्नो वशमा राखेर सीतासँग एघार हजार वर्षसम्म राज्य गर्नेछन् । धन्य हुन् ती जानकीदेवी र धन्य हुन् श्रीराम, जो एक अर्कालाई पाएर यस पृथ्वीमा आनन्दपूर्वक विहार गर्नेछन् ।’

उनीहरुको यस्तो कुरा सुनेर सीताले सोचिन्, ‘यी दुवै मेरो नै जीवनको मनोरम कथा गरिरहेका छन् । यिनिहरुलाई समातेर सबै कुरा सोध्छु ।’ यस्तो विचार गरेर उनले आफ्नो साथिहरुमार्फत ती दुवैलाई समात्न लगाइन् र उनिहरुलाई सोधिन्, ‘तिमिहरु दुवै निकै सुन्दर छौ, डराउनुपर्दैन । भन तिमिहरु को हौं र कहाँबाट आएका ? राम को हुन् ? र सीता को हुन् ? तिमिलाई त्यसको जानकारी कसरी भयो ? यी सबै कुरालाई शीघ्रातिशीघ्र बताउ । मेरो तर्फबाट तिमिहरुलाई कुनै भय हुनेछैन ।’

सीताले यस प्रकार सोधेपछि ती पंक्षिहरुले भने, ‘देवि ! वाल्मीकि नामका प्रसिद्ध एक ठूला महर्षी छन्, जुन धर्मज्ञहरुमा श्रेष्ठ मानिन्छ । हामी दुवै उहाँकै आश्रममा रहन्छौ । महर्षीले रामायण नामक एक महाकाव्यको रचना गरेका छन्, जुन मनको प्रिय छ । उनले शिष्यहरुलाई त्यसको अध्ययन गराएका छन् तथा प्रतिदिन उनि सम्पूर्ण प्राणीहरुको हितमा संलग्न रहेर त्यसको पद्योंको चिन्तन गर्छन् । उनको शरीर, देहको स्वरुप निकै उच्च छ । हामीले त्यस बारेमा सम्पूर्ण सुनेका छौ । बारम्बार उनको गान तथा पाठ सुनेर हामीलाई पनि उनको अभ्यास भएको छ । राम र सीता को हुन्, यो हामी बताउछौ तथा यसको सूचना पनि दिन्छौ कि श्रीरामसँग क्रीडागर्ने जानकीको विषयमा के के घटना हुनेवाला छ, तिमि ध्यान दिएर सुन ।’

महर्षि ऋष्यशृंगद्वारा गराएको पुत्रेष्टी यज्ञको प्रभावबाट भगवान् विष्णु राम, लक्ष्मण, भरत, शत्रुघ्न-यी चार शरीर धारण गरेर प्रकट हुनेछन् । देवाताहरुले पनि उनको उत्तम कथाहरुको गान गर्नेछन् । श्रीराम महर्षी विश्वामित्रसँग भाई लक्ष्मणसहित हाथमा धनुष लिएर मिथिला आउनेछन् । त्यहाँ एक यस्तो धनुषलाई (जसलाई दोस्रो कसैले उठाउन सक्दैन) तोड्ने छन् र अत्यन्त मनोहर रूप भएकी जनककिशोरी सीतालाई आफ्नो धर्मपत्नीको रूपमा ग्रहण गर्नेछन् । फेरी उनैकासाथ श्रीरामजी आफ्नो विशाल साम्राज्यको पालन गर्नेछन् । यी लगायत धेरै कुराहरु त्यहाँ बस्दाको समय हामीले सुनेका थियौ, संक्षेपमा मैलै तिमिलाई सुनाए । अब हामी जान चहान्छौ, हामीलाई छोडिदेउ ।’

कानलाई अत्यन्त मधुर प्रतीत हुने पंक्षिहरुको यो कुरा सुनेर सीताले रामलाई मनमा धारण गरिन् र पुन: उनलाई सोधिन्, ‘राम कहाँ हुनेछन् ? कसको पुत्र हुन् र कसरी दूल्हा वेशमा आएर जानकीलाई ग्रहण गर्नेछन् तथा मनुष्यावतारमा उनको श्रीविग्रह कसरी हुन्छ ? उनको प्रश्रलाई सुनेर शुकीले मन मनै जानिन् कि यीनै सीता हुन् । उनलाई चिनेर सामु आएर चरणमा गिरेर भनिन्, ‘श्रीरामको मुख कमलको कोपीला समान सुन्दर हुनेछ । नेत्र ठुला ठुला हुनेछन् । नासिका ऊँचो, पतलो तथा मनोहारिणी हुनेछ। दुवै दाजुभाइ सुन्दर ढंगले मिलेको कारण मनोहर प्रतीत हुनेछन् ।

गला शंख समान सुशोभित र छोटो हुनेछ । वक्षस्थल उत्तम, चौडा र शोभासम्पन्न हुनेछ, त्यसमा श्रीवत्सको चिह्न हुनेछ । सुन्दर जाँघ र कटिभागको शोभाबाट युक्त दुवै घुडा अत्यन्त निर्मल हुनेछन्, जसको भक्तजन आराधना गर्नेछन् । श्रीरामजीको चरणारविन्द पनि परम शोभायुक्त हुनेछ र सबै भक्तजन उनको सेवामा सदा संलग्न रहनेछन् । श्रीरामजी यस्तै मनोहर रूप धारण गर्नेवाला छन् । सय मुख हुनेहरुले पनि उनको गुणहरुको बखान गर्न सक्दैन, फेरी हामी जस्ता पक्षीले के भन्न सकौ ।

परम सुन्दर रूप धारण गर्नेवाली लावण्यमयी लक्ष्मी पनि जसको झाँकी गरेर मोहित भइन्, उनलाई देखेर पृथ्वीमा दोस्रो को स्त्री छ, जो मोहित नहुनेछ । उनको बल र पराक्रम महान् छ । उनि अत्यन्त मोहक रूप धारण गर्ने वाला छन् । म श्रीरामको कहाँसम्म वर्णन गरूँ, उहाँ सबै प्रकारको ऐश्वर्यमय गुणहरुबाट युक्त हुनुहुन्छ । परम मनोहर रूप धारण गर्ने जानकीदेवी धन्य छिन्, जो श्रीरामजीसँग हजारौं वर्षासम्म प्रसन्नतापूर्वक विहार गर्नेछिन्, तर सुन्दरी ! तिमि को हौ ? तिम्रो नाम के हो, जो यति चतुरता र आदरसँग श्रीरामको गुणहरुको कीर्तन सुन्नको लागि प्रश्न गरिरहेकी छौं ?’

शुकीको कुरा सुनेर जनककुमारी सीता आफ्नो जन्मको ललित एवं मनोहर चर्चा गर्दै भनिन्, ‘जसलाई तिमिहरु जानकी भनिरहेका छौ, त्यो जनककी पुत्री म नै हु । मेरो मन लोभ्याउने श्रीराम जब यहाँ आएर मलाई स्वीकार गर्नुहुनेछ तब म तिमिलाई छोड्नेछु, अन्यथा छाडदिन; किनभने तिमिहरुले आफ्नो बचनबाट मनमा लोभ उत्पन्न गरिदियौ । अब तिमि इच्छानुसार खेल खेल्दै मेरो घरमा सुखसँग बस र मीठो-मीठो पदार्थ भोजन गर ।’

त्यो सुनेर शुकीने जानकीसँग भन्छिन् -साध्वि ! हामी वनका पंक्षी हौ । रुखविरुवामा बस्छौ र सर्वत्र विचरण गर्छौ । हामीलाई तिम्रो घरमा सुख मिल्नेछैन। म गर्भिणी छु, आफ्नो स्थानमा गएर बच्चा जन्माउनेछु । त्यसपछि तिमि भएको ठाँउमा फेरी आउनेछु ।’ उनले यसो भन्दा पनि सीताजीले उनलाई छोडिनन् । तब उनको पति शुकले विनीत वाणीमा उत्कण्ठित भएर निवेदन गर्छन् -‘सीता! मेरी सुन्दरी भार्यालाई छोडदेउ। यसलाई किन राखी रहेकी छौ ? शोभने ! यी गर्भिणी छिन्। सदा मेरो मनमा बसि रहन्छिन् । जब यिनले बच्चलाई जन्म दिनेछिन् तब म यिनलाई लिएर तिमि भएको ठाँउमा आउनेछु ।’ शकको यस्तो कुरापछि जानकीले भनिन्-‘महामते ! तिमि आरामले जान सक्छौ, तर तिम्रो यी भार्या मलाई प्रिय छिन् । म यिनलाई आफुसँग निकै सुखसँग आफ्नो सखी बनाएर राख्नेछु ।’

यो सुनेर पंक्षी दुःखी भए । उनले करुणायुक्त वाणीमा भने -‘योगीजनहरु जे कुरा भन्छन् त्यो सत्य हो – कसैलाई केहि न भन्नु , मौन भएर रहनु। नत्र उन्मत्त प्राणी आफ्नो वचनरूपी दोषको कारण नै बन्धनमा पर्छ । यदि हामी यस रुखमा बसेर वार्तालाप गर्दैन थियौ भने हाम्रो लागि यो बन्धन प्राप्त हुने थिएन । यसकारण मौन नै रहनु पर्दथ्यो ।’ यति भनेर पंक्षीले पुन: भने -‘सुन्दरी! म आफ्नो यस भार्याको बिना जीवित रहन सक्दिन, यसकारण यसलाई छोड देउ । सीता! तिमि राम्री छौ । मेरो प्रार्थना मान।’ यसरी नाना प्रकारको कुरा गरेर समझाए , तर सीताजीले शुकीलाई छोडिनन् । तब शुकीले पुन: भनिन्-‘सीते! मलाई छोड देउ, अन्यथा श्राप दिनेछु।’

सीताले भनिन् -‘ तिमिले मलाई डर-धम्की देखाए पनि म तिमिलाई छोड्नेछैन ।’ तब शुकीने क्रोध र दुःखमा व्याकुल भएर जानकीजीलाई श्राप दिइन् -‘ जस प्रकार तिमि मलाई यस समय आफ्नो पतिसँग वियोग गरिरहेकी छौ , त्यसरी नै तिमि स्वयं पनि गर्भिणी- अवस्थामा श्रीरामसँग अलग हुनु पर्नेछ ।’ यो भनेर पतिवियोगको शोकमा उनले प्राण त्याग दिन् । उनले श्रीरामको स्मरण तथा पुनः पुनः राम-नामका उच्चारण गर्दै प्राण त्याग गरेकी थिइन् , यसकारण उनलाई लानलाई सुन्दर विमान आयो र ती शुकी त्यसमाथि बसेर भगवानको धाममा गइन् ।

भार्याकी मृत्यु भएपछि शुक शोकमा आतुर भएर भने -‘म मनुष्यहरुबाट भरिएको श्रीरामको नगरी अयोध्यामा जन्म लिनेछु र यसको बदला चुकाउनेछु । मेरो नै वाक्यबाट तिमिले पतिवियोगको दुःख उठाउनु पर्नेछ ।’ यति भन्दै शुकले पनि प्राण छोड दिए । यही श्रापका कारण भगवान श्रीरामचन्द्रको बनवाशको समय रावणले सीतालाई अपहरण गर्छन् सो समय सीता पनि गर्भिणी हुन्छिन् । रामचन्द्रले रावणलाई युद्धमा हराएर फर्किएपछि सीतामाथि औला उठाउने पनि शुक नै थिए । शुकले अर्काले लगेको श्रीमति फिर्ता ल्याउने म रामचन्द्र जस्तो हैन भनेका थिए । जसकारण सीताले अग्नीपरिक्षा दिनुपरेको थियो ।

© copyright 2026 and all right reserved to tokmakhabar.com | Site By : Love From Taplejung