शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

अनौठो ढुंगा : फुटाउँदा आउँछ रगत र मासु



अनौठो ढुंगा : फुटाउँदा आउँछ रगत र मासु

एजेन्सी । ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् । चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ ।

ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ । पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् । ढुंगालाई फोर्नेबित्तिकै रगत निस्कन्छ । यसलाई पिरियड रक पनि भनिन्छ । खासमा यो ढुंगा समुद्री जीव हो । यससँग लिंग परिवर्तन गर्ने क्षमता छ र यसले बच्चा पनि जन्माउँछ ।

यो जीव ठ्याक्कै ढुंगा जस्तै देखिन्छ । माथिबाट कडा देखिने यो ढुंगा भित्रबाट अत्यन्तै नरम हुन्छ । मानिस यो ढुंगाको खोजीमा समुद्रतलमा पुग्छन् र यसबाट निस्कने मासु खान मन पराउँछन् । ढुंगाको मासु निकाल्नका लागि तीखो चक्कु आवश्यक हुन्छ ।

© copyright 2026 and all right reserved to tokmakhabar.com | Site By : Love From Taplejung